स्वास्थ्य/शिक्षा

डेंगुकाे संक्रमणबाट ४४ जनाकाे मृत्यु

काठमाडौं। डेंगुकाे संक्रमणबाट ४४ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो। यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो। यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ।

हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ। यो संख्या हालसम्मकै उच्च हो।

Related Post
Share

This website uses cookies.