जिल्ला अस्पताल लमजुङको सेवा तीन दिन बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

जिल्ला अस्पताल लमजुङको सेवा तीन दिन बन्द हुने

लमजुङ। जिल्ला अस्पताल लमजुङले विजया दशमीको अवसरमा तीन दिन सेवा बन्द गर्ने भएको छ । असोज १८ गते नवमीदेखि २० गतेसम्म अस्पतालको प्रशासन तथा बहिरंग सेवा बन्द गर्ने भएको हो । अस्पतालले एक सूचना जारी गरी प्रशासन तथा बहिरंग विभाग बन्द हुने जनाएको छ। अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार प्रशासन तथा बहिरंग विभाग बन्द गरिए पनि अस्पतालले प्रदान गर्दै आएको आकस्मिक तथा अन्तरंग सेवा भने सञ्चालन हुनेछ ।

साथै डाईलासिस र प्रसुति सेवा पनि यथावत रुपमा नै सञ्चालन गरिने उनले बताए  । चाडपर्वमा अस्पतालमा कार्यरत कर्मचारी दशैं मनाउन घरमा जाने भएकाले प्रशासन तथा बहिरंग सेवा बन्द गरिने अस्पतालले जनाएको छ ।

Leave a Reply

ताजा समाचार