नाकको अप्रेसन गर्दा महिलाको मृत्यु, ओम अस्पताल अनिश्चितकालीन बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, २९ भदौ । ओम हस्पितल एण्ड रिसर्च सेन्टरले एक विज्ञप्ति जारी गर्दै अस्पताल बन्द भएको घोषणा गरेको छ। अस्पतालका प्रशासन प्रमुख विजय प्याकुरेलले एक विज्ञप्ति जारी गर्दै बिरामी कमला भट्टराईको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै आज २ बजे पीडित र अस्पताल प्रशासनपक्षबीच वार्ता आह्वान गरेका छन्। साथै विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्म बहिरंग सेवा बन्द गरिएको जनाइएको छ।

नाकको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएपछि उनका आफन्त आन्दोलनमा उत्रँदा बुधबारदेखि ओम अस्पताल तनावग्रस्त बनेको छ। गत शनिबार अस्पताल भर्ना भएकी बुटवलकी ४० वर्षीया कमला भट्टराईको मृत्यु हुनुमा चिकित्सकको लापरवाही भएको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिएका हुन्।

भट्टराई नाकको कुर्कुरे हाड सोझ्याउन अस्पताल पुगेकी थिइन्। शल्यक्रियापछि भट्टराईको नाकबाट रगत बगिरहने, लगातार बान्ता हुने र पिसाब रोकिने समस्या देखिएको मृतकका आफन्तले बताए। भट्टराईको मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले लापरवाही स्वीकारेर माफी माग्नुपर्ने माग मृतकका आफन्तले राखेका छन्।

अस्पतालले निकालेको विज्ञप्ति 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);