गच्छदारको क्षेत्रमा रोचक बन्दै मतपरिणाम, कसको मत कति ? | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

काठमाडौं । यसअघिका सबै निर्वाचनमा अपराजित रहँदै आएका विजय गच्छदारलाई यो पटकको चुनाव भने फलामको चिउरा सरह भएको छ। नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नम्बर तीनबाट उम्मेद्वार बनेका गच्छदार वाम गठबन्धनका उम्मेद्वार एमालेका भगवती चौधरी भन्दा करिव १४ सय मतले पछाडि परेका छन्।

पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेद्वार चौधरीले पाँच हजार १ सय ३८ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई फराकिलो बनाएकी छन्।

गच्छदारले भने तीन हजार ७४४ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसमा रहँदा र कांग्रेस परित्याग गरी मधेस केन्द्रित राजनीति गर्दासमेत गच्छदारले कुनै पनि निर्वाचनमा पराजय व्यहोर्नु परेको थिएन। तर यो पटक कांग्रेसबाटै चुनाव लडेका गच्छदार ‘डेण्जर जोन’ मा परेका छन्।

ताजा समाचार