पहिलो चरणको निर्वाचनमा कांग्रेसको कन्तविजोग, ३७ मध्ये ३ स्थानमा मात्र अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

पहिलो चरणको निर्वाचनमा कांग्रेसको कन्तविजोग, ३७ मध्ये ३ स्थानमा मात्र अग्रता

काठमाण्डौँ, २२ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर १० गते भएको ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा अहिलेसम्म धमाधम मतगणना भईरहेको छ । जसमा प्रतिनिधिसभाको तीन क्षेत्रको मतपरिणाम आइसकेको छ। जसमा मनाङ र मुस्ताङमा एमाले विजयी भएको छ भने रुकुम पूर्वमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन्। मनाङमा एमालेका पोल्देन छोपाङ गुरुङ र मुस्ताङमा प्रेम प्रसाद तुलाचन विजयी भएका हुन् ।

अहिले एमालेले १८, माओवादी केन्द्र १२ र कांग्रेसले तीन स्थानमा अग्रता लिएको छ। कांग्रेस रसुवा, बाजुरा र हुम्लामा अग्रता लिएको छ भने हुम्लामा कांग्रेसका मंगलबहादुर शाहीको अग्रता छ। रसुवामा मोहन आचार्य र बाजुरामा कविराज पण्डितले अग्रता लिएका छन्। उता गोरखा क्षेत्र नम्बर २ मा भने नयाँ शक्तिका डा.बाबुराम भट्टराईले अग्रता लिईरहेका छन् ।

मंसिर १० गते मंसिर १० गते पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,
रूकुम (पूर्वी भाग) र रोल्पा, रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, प्रदेश नं। ७– दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन भएको थियो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);