प्रतिनिधिसभामा कांग्रेसले अझै खोलेन खाता, एमालेको अग्रता कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाण्डौँ, २२ मंसिर । मंसिर १० गते र २१ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी नै रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले प्रतिनिधिसभा तर्फ ४ स्थानमा जित हासिल गरेको छ भने प्रदेश सभातर्फ पनि ६ स्थानमा जित हासिल गरेको छ । एमालेले प्रतिनिधिसभामा २३ स्थानमा अग्रता कायम गर्दा प्रदेशसभामा १९ स्थानमा अग्रता राखेको छ ।

त्यस्तै प्रतिनिधिसभा तर्फ माअ‍ोवादी केन्द्रले १ स्थानमा जित हासिल गर्दा अग्रता भने १२ स्थानमा कायम गरेको छ । माओवादीले प्रदेशतर्फ भने ३ स्थानमा विजयी हुँदै १६ स्थानमा अग्रता कायम गरेको छ ।

अहिलेसम्मको मत परिणाम अनुसार कांग्रेसले प्रतिनिधिसभा तर्फ अझै खाता खोल्न सकेको छैन । यद्यपी प्रतिनिधिसभा तर्फ ५ स्थानमा अग्रता भने राखेको छ । प्रदेशसभामा भने कांग्रेसले एक स्थानमा जित हासिल गर्दा ७ स्थानमा अग्रता कायम गरेको छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);