पछिल्लो मत परिणाम : कुन पार्टीको कति जित, कति अग्रता ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, २४ मंसिर । प्रतिनिधि र प्रदेशसभाको दुई चरणमा गरेर मंसिर १० र २१ मा भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म आएको नतिजा अनुसार नेकपा एमाले अग्रस्थानमा रहेको छ । एमालेले प्रतिनिधिसभा सदस्य तर्फ ५४ सिट जितेको छ भने प्रदेशसभा तर्फ ५० स्थानमा जित हासिल गरेको छ ।

त्यस्तै प्रतिनिधिभामा २२ सिट जित्दै माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ भने उसले प्रदेशसभा तर्फ ३५ सिट जितिसकेको छ । यो निर्वाचनमा एमाले र माअ‍ोवादी केन्द्रले गठबन्धन गरेका छन् । बाम गठबन्धनले ६०/ ४० को साझेदारी गरेको थियो, जसमा ६० प्रतिशत सिट एमालेको भागमा छ भने ४० प्रतिशत सिट माओवादीको भागमा रहेको छ ।

देश संघीयतामा गईसकेपछि पहिलो पटक भएको यो निर्वाचनमा नेपाली कांग्रेसले अकल्पनीय नतिजा प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको कांग्रेसले जम्मा ११ सिट प्रतिनिधिसभा तर्फ र १७ सिट प्रदेशसभा तर्फ जितेको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेले प्रतिनिधितर्फ २४ स्थानमा अग्रता कायम राखेको छ भने प्रदेश तर्फ ३७ स्थानमा अग्रता छ । त्यस्तै माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ १२ स्थान र प्रदेश तर्फ २४ स्थानमा अग्रता राखेको छ । तेस्रो स्थानमा रहेको कांग्रेसको प्रतिनिधिसभामा १२ स्थान र प्रदेशभामा २६ स्थानमा अग्रता रहेको छ ।

यता संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभामा ३/३ स्थानमा जित हात पारेको छ भने नयाँ शक्ति पार्टी नेपालले १ स्थानमा मात्र प्रतिनिधिसभा सदस्य जितेको छ । नयाँ शक्तिका डा.बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिको प्रत्यक्षतर्फ जित हात पारेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);