नुवाकोट, २२ मंसिर। नुवाकोटमा वाम गठबन्धनलाई कांग्रेसका वरिष्ठ नेता डा. रामशरण महत र अर्जुन नरसिंह केसीले पच्छ्याउने क्रम जारी छ।
पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले ४ हजार १ सय २२ मत प्राप्त गरेका छन् भने राम शरण महतले ३ हजार ४ सय ८३ मत ल्याएका छन्।
यता प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा माओवादी केन्द्रकी राधिका तामाङले १५ सय ५४ मत प्राप्त गरेकी छन् भने नेपाली काङ्ग्रेसका महेन्द्र थिङले ११ सय ४० मत प्राप्त आफ्नो पक्षमा पारेका छन्।
यस्तै प्रदेश सभा (ख) मा वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका बद्रि मैनालीले २ हजार ७३ मत प्राप्त गर्न सफल भएका छन् भने काङ्ग्रेसका रमेशकुमार महत १२ सय मत पाएका छन्।
यता निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो परिणाम हेर्दा एमाले नारायणप्रसाद खतिवडाले ४ हजार २ सय ९९ मत आफ्नो पक्षमा गरेका छन् भने उनको प्रतिष्पर्धी काँग्रेसका अर्जुननरसिंह केसीले २ हजार ९ सय ९५ मत प्राप्त गरेका छन्।
यता प्रदेशसभा (क) मा नेकपा एमालेका केशव पाण्डेले ३ हजार ३ सय ६० मत प्राप्त गरेका छन्भने उनको प्रतिस्पर्धी काँग्रेसका जगदीश्वरनरसिंह केसीले २ हजार १ सय ३ मत प्राप्त गरेका छन्। यस्तै प्रदेश सभा (ख) मा माओवादी केन्द्रका हिरानाथ खतिवडाले २ हजार ६ सय ३५ मत प्राप्त गरेका छन् भने काँग्रेसका जगतबहादुर तामाङले २ हजार ७१ मत प्राप्त गरेका छन्।