प्रधानमन्त्रीकै गृह जिल्लामा बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

डडेलधुरा, २१ मंसिर। डडेलधुराको विभिन्न क्षेत्रमा तीनवटा बम फेला परेका छन्। जिल्लाको परशुराम नगरपालिकाभित्र तीन भिन्दाभिन्दै स्थानमा बम फेला परेका छन्। फेला परेका मध्ये सेनाको टोलीले २ वटा बम डिस्पोज गरेको डडेलधुरा प्रहरी कार्यलयले जानकारी दिएको छ।

प्रहरीका अनुसार एउटा बम भने जंगलमा विस्फोट भएको छ ।

मतदान केन्द्र भन्दा धेरै टाढा बम विस्फोट भएका कारण मतदानमा कुनै पनि अवरोध नभएको र सबै क्षेत्रमा शान्तिपुर्ण ढंगले निर्वाचन भइरहेको प्रहरीले जनाएको छ।