चुनाव प्रचारको अन्तिम दिन दलका शीर्ष नेता दिनभर व्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चुनाव प्रचारको अन्तिम दिन दलका शीर्ष नेता दिनभर व्यस्त

नेताहरु चुनावी एजेण्डा भन्दा आरोप–प्रत्यारोपमै केन्द्रित –

काठमाडौं, १८ मंसिर । दोस्रो चरण निर्वाचन अन्तर्गत प्रचारप्रसारको अन्तिम दिन आज दलका शीर्ष नेता दिनभर व्यस्त रहे । अन्तिम दिनको प्रचारमा पनि नेताहरु चुनावी एजेण्डा भन्दा आरोप–प्रत्यारोपमै केन्द्रित भए ।

स्थानीय तह निर्वाचनदेखि नै आरोप–प्रत्यारोपमा उत्रिएका दलका नेताहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रचारको दिनसमेत आरोप–प्रत्यारोपमै गुजारे । अन्तिम चुनावी प्रचारका लागि डडेल्धुरा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनको आलोचनामै अधिकांश समय खर्चिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली पनि चुनावी एजेण्डा भन्दा प्रधानमन्त्रीको आलोचनामा केन्द्रित भए । देउवाले देशलाई जोड्ने भन्दा राष्ट्रियता नै खण्डित गर्ने काम गरेको ओलीको आरोप छ ।

चुनावी प्रचारका लागि चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई दक्षिपन्थी शक्ति भन्दै उसले देशका लागि निकास नदिने आरोप लगाए ।

दलका शीर्ष नेता आरोप–प्रत्यारोपमा केन्द्रित भइरहँदा विकासका लागि मिल्नुको विकल्प नभएको विश्लेषकहरुको सुझाव छ । अधिकारकर्मी कृष्ण पहाडीले तल्लोस्तरको आरोप–प्रत्यारोपमा उत्रिएका नेताहरुले चुनावलगत्तै मिलेर निकासको बाटो रोज्नुको विकल्प नभएको बताएका छन् ।

अहिलेसम्मका चुनावी प्रचार-प्रसारले जनता समेत चुनावी अभियानमा लागेका नेताहरु जत्तिकै विभाजीत भएको देखिन्छ । निर्वाचनको परिणम आएलगत्तै नेताहरुले संसद र राजनीतिक मुद्धामा सहकार्य सुरुवात गर्ने भएकाले जनताले यही समयमा संयम अपनाउनु जरुरी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);