आज अन्तिम प्रचारः कहाँ छन् प्रमुख दलका शिर्ष नेता ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौँ, १८ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणमा हुन लागेको निर्वाचनका लागि राजनीतिक दलहरूले सोमबार मात्रै चुनावी प्रचार गर्न पाउनेछन् । सोमबार मध्यरातबाट प्रचार गर्न नपाउने भएका कारण निर्वाचन लडेका प्रमुख दलका शीर्ष नेताहरू आफ्नै क्षेत्रका कार्यक्रममा सहभागी हुँदै छन्।

कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षहरू दोस्रो चरणमै उम्मेदवार छन् । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा, एमाले अध्यक्ष केपी ओली झापा ५ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन ३ बाट प्रतिस्पर्धामा छन्। यीमध्ये देउवा र दाहालले चुनाव प्रचारको अन्तिम दिन पनि आफ्नै क्षेत्रमा चुनावी कार्यक्रम बनाएका छन् भने ओली उपत्यकाभित्रका कार्यक्रममा सहभागी हुँदै छन्।

देउवा सोमबार दिनभर गृहजिल्ला डडेल्धुराको चुनावी कार्यक्रममा सहभागी हुने कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले जानकारी दिए। केही दिन यता सुदुरपश्चिमका चुनावी कार्यक्रममा व्यस्त रहेका देउवाले शनिबार र आइतबार दिनभरि कैलाली-कञ्चनपुरका चुनावी कार्यक्रममा सहभागिता जनाएका थिए । उनले यहीबीच डोटी र अछामका कार्यक्रम पनि भ्याएको खाँणले बताए।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली भने प्रचारको अन्तिम दिन पनि आफ्नो निर्वाचन क्षेत्रमा हुने छैनन् । उनी उपत्यकाकै चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । ओली सोमबार बिहान काठमाडौं क्षेत्र ३ र दिउँसो भक्तपुर क्षेत्र २ को कार्यक्रममा सहभागी हुने छन्। – अन्नपूर्ण पोस्ट दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);