संयुक्त राष्ट्रले तालिबान अधिकारीमाथिको यात्रा प्रतिबन्ध छुट अन्त्य गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

संयुक्त राष्ट्रले तालिबान अधिकारीमाथिको यात्रा प्रतिबन्ध छुट अन्त्य गर्ने

काबुल। संयुक्त राष्ट्रले शुक्रबार १३ तालिबान अधिकारीहरूलाई यात्रा प्रतिबन्ध छुट अन्त्य गर्ने तयारी गरेको छ । सन् २०११ को संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावअन्तर्गत १३५ तालिबान अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो, जसमा सम्पत्ति रोक्का र यात्रा प्रतिबन्धहरू समावेश छन् ।

तर तीमध्ये १३ जनालाई विदेशमा अन्य देशका अधिकारीहरूसँग भेट्नको लागि यात्रा प्रतिबन्धबाट छुट दिइएको थियो । जुनमा १५ सदस्यीय संयुक्त राष्ट्र सुरक्षा परिषद्को अफगानिस्तान प्रतिबन्ध समितिले दुई तालिबान शिक्षा मन्त्रीहरूलाई शासनले महिला अधिकारमा कटौती गरेकोमा छुट सूचीबाट हटाएको थियो । १५ अगस्टमा अफगानिस्तानको सत्तापलट गरेको तालिबानमाथि महिलाका अधिकार कटौती गरेको आरोप लाग्दै आएको छ । सत्ता कब्जा गरेपछि तालिबानले बालिकाहरुलाई लामोसमयसम्म विद्यालय जान प्रतिबन्ध लगाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);