काँग्रेस उम्मेदवार प्रदीप पौडेलद्वारा ड्रोनको प्रयोग गरी चुनावी प्रचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दमौली, १८ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं १ का प्रदेश सभा १ का उम्मेदवार प्रदीप पौडेलले ड्रोनको प्रयोग गरीे चुनावी प्रचारमा जुटेका छन्। तनहुँको सिसाघाटमा आइतबार आयोजित चुनावी कोण सभामा ड्रोनको प्रयोग गरी काँग्रेसको प्रचार गरिएको थियो । सो चुनावी सभामा ड्रोनबाट पुष्पवृष्टि गरिएको हो।

काँग्रेसले चुनावमा मतदातालाई आकर्षण गर्न पनि नयाँ नयाँ प्रविधिद्वारा प्रयोग गरेको उहाँले बताउनुभयो । ड्रोनमा पोस्टर, पम्प्लेट र ब्यानर राखेर रिमोट कन्ट्रोलको सहायताले मानिस जान नसक्ने ठाउँमा सजिलैसँग पु¥याएर प्रचारप्रसार गर्ने गरिएको छ । फ्रेममा राखी पोस्टर, पम्प्लेट फ्लाइड कन्ट्रोल र रिसिभर एण्ड ट्रान्समिटरको प्रयोग गरी ड्रोनलाई जमिनदेखि २०० फिट माथि उडाएर प्रचार प्रसार गरिँदै आएको छ।

सिनर्जी अटो मेसन एण्ड इन्स्टुमेनटेशन कम्पनीमा आबद्ध शैलेश सुवेदी, प्रमोदसिंह मन्याल, निरज खड्का, कुन्दन खड्का, इमेश सापकोटा र नवीन पौडेलले दुई हप्ता लगाएर ड्रोनको आविष्कार गरेका छन् । रु एक लाखभन्दा बढी खर्च गरी ड्रोन निर्माण गरिएको कम्पनीका शैलेश सुवेदीले बताउनुभयो । ड्रोनको प्रयोग गरी नयाँ शैलीको चुनावी प्रचार देखिएपछि व्यास नपा–६ सिसाघाटका देवराज ढुंगाना दङ्ग परे।

आकाशमा उडेर ड्रोनले काँग्रेसको झन्डा फहराई प्रचार गरेको देख्दा लोकराम छिमाल पनि हेरेको हेरै भए । आफूहरुको पालामा चुनाव हुँदा लेप्चे लगाएका आधुनिकतासँगै चुनावी प्रचारको तरिका फेरिएपछि स्थानीय बासिन्द आश्चर्य चकित भएका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);