यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ०८ पैसा रहेको छ। त्यस्र्तै, युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४१ पैसा छ भने  अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा छ । त्यस्तै, सिंगापुर डलर एकको खरिद मुल्य ९१ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ९९ पैसा छ ।जापानिज येन १० को खरिद दर ९ रुपैयाँ ३७ पैसा र बिक्री दर ९ रुपैयाँ ४१ पैसा छ भने  चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ७० पैसा र बिक्री दर १८ रुपैयाँ ७९ पैसा तोकिएको छ । त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ६६ पैसा र बिक्री दर ३३ रुपैयाँ ८२ पैसा छ ।  कतारी रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६० पैसा रहेको छ भने युएई दिरहम एकको खरिद दर ३४ रुपैयाँ ४४ पैसा र बिक्री दर  ३४ रुपैयाँ ६० पैसा रहेको छ ।

यसैगरी मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २८ रुपैयाँ ५२ पैसा छ भने कोरियन वन १०० को खदिरमा ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा, हङ्कङ डलर एकको खरिदमा १६ रुपैयाँ ११ पैसा र बिक्री दर १६ रुपैयाँ १९ पैसा, कुवेती दिनार एकको खरिद दर ४१२ रुपैयाँ २६ पैसा र बिक्री दर ४१४ रुपैयाँ २१ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३३५ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य ३३७ रुपैयाँ ०८ पैसा तोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);