यस्तो छ विदेशी मुद्राको विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०७९, आइतबार

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको खरिद मूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ ०९ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर  १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिद दर ८७ रुपैयाँ ६१ पैसा र बिक्री दर ८८ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३० पैसा, सिंगापुर डलर एकको खरिद दर ९१ रुपैयाँ २८ पैसा र बिक्री दर ९१ रुपैयाँ ७१ पैसा र हङकङ डलर एकको खरिद दर १६ रुपैयाँ २५ पैसा र बिक्रीदर १६ रुपैयाँ ३२ पैसा रहेको छ ।

यसैगरी जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ७१ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ६१ पैसा र बिक्रीमा १८ रुपैयाँ ७० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०१ पैसा रहेको छ भने मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ४० पैसा र बिक्री दर २८ रुपैयाँ ५४ पैसा रहेको छ ।

Leave a Reply