आदर्श लघुवित्तको अधिकांश सूचकमा आकर्षक सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आदर्श लघुवित्तको अधिकांश सूचकमा आकर्षक सुधार

काठमाडौं। आदर्श लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा अधिकांश वित्तीय सूचक आकर्षक देखिएको छ । यस लघुवित्तको खुद नाफा ८८६.१२% ले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ६८ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ६ लाख ९९ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी १४.४६% ले बढेको छ । अघिल्लो वर्षको तुलनामा कम रकम प्रोभिजनिङमा गर्नुपर्ने भएपछि सञ्चालन नाफा ८४१.६०% ले बढेको छ । कम्पनीले यस अवधिमा १० लाख ७४ हजार रुपैयाँ राइट ब्याक गरेको हो । कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेको छ ।

रिजर्भ कोष पनि आकर्षक देखिएको छ । रिजर्भमा १०३.९०% ले सुधार हुँदै १ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ । असार मसान्तसम्म आइपुग्दा आदर्शको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ २९ पैसा कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);