त्रिवेणी गाउँपालिकाकाे स्वास्थ्य इकाइभित्रै छिर्याे पहिराे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

त्रिवेणी गाउँपालिकाकाे स्वास्थ्य इकाइभित्रै छिर्याे पहिराे

सुर्खेत । निरन्तरको वर्षापछिको पहिरोका कारण रुकुम पश्चिममा विभिन्न संरचनामा क्षति पुगेको छ । त्रिवेणी गाउँपालिका-२, को आधारभूत स्वास्थ्य इकाइमा पनि पहिरो क्षति पुर्‍याएको छ । भवनका दुई झ्याल भत्काएर भवनभित्रै पहिरो पसेको स्थानीयले जानकारी दिएका छन् ।

सानीभेरी गाउँपालिका–३ का खड्कबहादुर विकको घरमा पहिरोले पूर्णरुपमा क्षति पुर्‍याएको छ । घरमा मान्छे र पशुचौपाया नभएका कारण मानवीय क्षति भने हुन पाएन । घरका सम्पूर्ण सामग्री पूर्ण रुपमा क्षति भएका छन् ।

निरन्तरको वर्षापछि सानीभेरी नदीमा पानीकाे सतह  बढेको छ । सानीभेरी गाउँपालिकाले नदीको बहाव बढेकाले सतर्क रहन आग्रह गरेको छ । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले नदी र खोलानालाको सतह धेरै माथि आएकाले सतर्क रहन आग्रह गरिएको जानकारी दिए । केही परिहाले गाउँपालिका पनि आवश्यक तयारीमा रहेको अध्यक्ष विष्टले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);