बजेट प्रकरण छनबिन गर्न बनेको संसदीय विशेष समितिले आजबाट औपचारिक काम थाल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बजेट प्रकरण छनबिन गर्न बनेको संसदीय विशेष समितिले आजबाट औपचारिक काम थाल्दै

काठमाडौं । बजेट निमार्णको क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको भन्ने आरोपबारे छानबिन गर्न गठित विशेश समितिले आजबाट औपचारिक रुपमा काम सुरु गर्दैछ ।

समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले आज औपचारिक बैठक बस्ने जानकारी दिए । उनका अनुसार आज कार्यविधि तय गर्ने लगायतका काम हुने छ । बैठक दिउँसो सिंहदरवारमा बस्नेछ । समिति सचिव सुरेन्द्र अर्यालले आजको बैठकको एजेन्डा कार्यविधि निर्माण र सभापति चयन गर्ने रहेको जानकारी दिए ।

आज औपचारिक बैठक राखेर काम सुरु गरेपछि १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश छ । संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, पुष्पा भुसाल, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् । करको दर हेरफेर गर्न विचौलिया प्रवेशगराएका अर्थमन्त्री शर्माले संसदमा एमालेको दवाव र संसदवाहीर आम नगरीकको दवावको कारण २२ असारमा पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);