जसपा विभाजनः बाबुराम पक्षको भेला जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

जसपा विभाजनः बाबुराम पक्षको भेला जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा

काठमाडौं । जनता समाजवादी पार्टी जसपा विभाजनको संघारमा पुगेको छ । आज पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले अलग–अलग भेलाको आयोजना गरेका छन् । योसँगै पार्टी फुटको औपचारिक कदम सुरू भएको हो । अहिले संघीय परिषद् अध्यक्ष भट्टराई पक्षधरको भेला जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा भइरहेको छ । जहाँ अध्यक्ष भट्टराई पुगिसकेका छन् । हालसम्म सो भेलामा केन्द्रीय निकायका १८ जना, केन्द्रीय समितिका ३४ जना, संघीय परिषद्का ३२ जना सदस्य भट्टराई पक्षको भेलामा सहभागी भइसकेका छन् । यस्तै बाँकी पनि आउनेक्रम निरन्तर छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);