जानकी मेडिकल कलेजका कर्मचारी आदालत जाने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जानकी मेडिकल कलेजका कर्मचारी आदालत जाने

बटुकनाथ झा ९ फागुन, जनकपुरधाम । २५ करोड भन्दा बढी तलब बाँकी राखेपछि जानकी मेडिकल कलेज सिटि हस्पिटलका आन्दोलनरत करिब २ सय कर्मचारीहरु परिश्रमिक पाउन आदालत जाने भएका छन् । विगत एक साता देखि अस्पतालको सम्पुर्ण काम बन्द गरेर आन्दोलनरत कर्मचारीहरुले आज हस्पिटल प्राङगनमै पत्रकार

जानकी मेडिकल कलेजका कर्मचारी आदालत जाने

बटुकनाथ झा ९ फागुन, जनकपुरधाम । २५ करोड भन्दा बढी तलब बाँकी राखेपछि  जानकी मेडिकल कलेज सिटि हस्पिटलका  आन्दोलनरत  करिब २ सय कर्मचारीहरु  परिश्रमिक पाउन आदालत जाने भएका छन् । विगत एक साता देखि अस्पतालको सम्पुर्ण काम बन्द गरेर आन्दोलनरत कर्मचारीहरुले आज हस्पिटल प्राङगनमै पत्रकार सम्मेलन गरेर  अस्पतालका व्यवस्थापन पक्षले आफुहरुको मागलाई वास्ता नगरिरहेकाले अब आदालत जाने जनाएका छन् ।  आन्दोलनरत कर्मचारीहरुले २०७० साल देखि हाल सम्मको तलब भुक्तानी हुनु पर्ने, मासिक तलब भुक्तानी निर्धारित समय भित्रै हुनुपर्ने, कर्मचारीहरुको करार नविकरण हुनु पर्ने तथा संचयको जम्मा हुनु पर्ने माग राख्दै आन्दोलित भएका हुन ।

आफुहरुले पटक पटक हस्पिटल प्रशासन समक्ष जानकारी गराउदा पनि माग पुरा नभएको कर्मचारी संजय चौधरीले बताउनु भयो । उक्त संस्थाका काम गरिरहेका चिकित्सक, कर्मचारीहरुको अहिले सम्मको करिब २५ करोड तलब बाकी रहेको कर्मचारीहरुले बताएका छन् ।

जानकी मेडिकल कलेज नयाँ व्यवस्थापनमा संचालन भएपनि आफुहरु तलब दिने बाचा गरेर तीन महिना सम्म नयाँ  र पुरानो  तलब नियमित रुपमा दिएपनि पछि विभिन्न समस्याहरु  देखाई पुरानै अवस्थामा हस्पिटललाई लगिरहेका बताउदै हस्पिटलमा कार्यरत डा. रमन मिश्रााले यस्तो अवस्थामा काम गर्न समस्या भईरहेको बताउनु भयो ।

गत असार देखि आफुहरु दिन रात गरेर काम गरिरहेपनि धेरै जनालाई १५ महिना देखिको तलब बाकी रहेको अवस्थामा बाध्य भएर आफुहरु पटक पटक  बैठक गरी आन्दोलनमा गएको अर्का चिकित्सक डा. अरुण गुप्ताको भनाई छ ।

पटक पटक  जानकी मेडिकल कलेजमा कर्मचारीहरुलाई तलब नदिएको कारण विवाद भईरहेको अवस्था छ । जनकपुर क्षेत्रमै पहिलो मेडिकल कलेजका रुपमा रहेको यहाँ नेपाल तथा भारतका विभिन्न स्थानबाट मेडिकल पढ्न विद्यार्थीहरु आउने गरेका छन् । पछिल्ला केहि मिहना यता, ती हस्पिटलमा दैनिक ३ सय भन्दा बढी विरामी जचाउन आएपनि एक साता देखि  कर्मचारीहरुले गरेको आन्दोलनका कारण विरामीहरु समेत अन्यत्र जान बाध्य भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);