सगरमाथा चौधरी आँखा अस्पतालमा उपचार गराउनेको घुइचो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सगरमाथा चौधरी आँखा अस्पतालमा उपचार गराउनेको घुइचो

सुरेन्द्र कामती ९ फाल्गुन, सिराहा ।
सिरहाको लहानमा रहेको सगरमाथा चौधरी आँखा अस्पतालमा आँखा उपचारको लागि घुइचो लागेको छ ।आँखाको सफल उपचारमा सफलता पाएको यस अस्पतालमा आँखाको विभिन्न रोगको निदानको लागि नेपाल र भारतबाट आँखा रोगीहरु पुग्ने गरेका छन् । दैनिक रोगीको चाप वढेपछि अस्पताललाई भ्यान नभ्याई छ ।

सगरमाथा चौधरी आँखा अस्पतालमा  उपचार गराउनेको घुइचो

सुरेन्द्र कामती ९ फाल्गुन, सिराहा ।
सिरहाको लहानमा रहेको सगरमाथा चौधरी आँखा अस्पतालमा आँखा उपचारको लागि घुइचो लागेको छ ।आँखाको सफल उपचारमा सफलता पाएको यस अस्पतालमा आँखाको विभिन्न रोगको निदानको लागि नेपाल र भारतबाट आँखा रोगीहरु पुग्ने गरेका छन् । दैनिक रोगीको चाप वढेपछि अस्पताललाई भ्यान नभ्याई छ ।

नेपाल र भारतबाट मोतियाविन्द, आँसुनली, मासु पलाएको (टेरिजिएम) लगायतको शल्यक्रिया गर्नेको संख्या वढ्दै गएको छ । दैनिक खानपान, वढ्दो गर्मी र आँखाको हेरचारमा लापरबाही गर्दा आँखा रोगीको संख्या वढ्दै गएको सगरमाथा चौधरी आँखा अस्पतालका प्रशासन प्रमुख अभिषेख रोशनले बताए ।

अस्पतालको क्षमता भन्दा वढी रोगीहरु आउँदा उनीहरुलाई व्यवस्थापन गर्न पनि अस्पताल प्रशासनलाई चुनौती थपिएको छ । दैनिक ४ सय शल्यक्रिया गर्ने गरेको र समग्रमा १२ जति आँखा जाँच गर्ने गरेपनि चाप थेगिनसक्नु छ । भारतको युपी र विहारबाट वढी आँखा रोगी उपचारको लागि यस अस्पतालमा आउने गरेको रोशनको भनाई छ ।

जाडो याममा शल्यक्रिया गराउँदा घाउ चाडो निको हुने मान्यताले पनि शल्यक्रिया गराउनेको घुईचो लाग्ने गरेको छ । आँखा जाँच गराउन दैनिक २ हजार भन्दा वढी पुग्ने गरेको भन्दै प्रमुख रोशनले अस्पतालमा शल्यक्रियाको लागि नाम दर्ता भईसकेको ४ सय जनाको कुरुवाको वासको व्यवस्था भएपनि अन्यलाई गर्न ग्राहो भएको बताए ।

एसियाकै दोस्रो आँखा अस्पतालको रुपमा चिनिएको यस सगरमाथा चौधरी आँखा अस्पतालले वर्षेनी लाखौं आँखा रोगीको उपचार गर्ने गरेको छ । सन् २०१६ मा ५४ हजार ४४६ जनाको आँखाको शल्यक्रिया सहित ३ लाख ३८ हजार ५५४ जनाको आँखाको उपचार गरेको छ ।

सस्तो र सुलभ हुँदा देशको विभिन्न जिल्ला र छिमेकी भारतका युपी विहारबाट आँखा जाँच गराउन आउनेको संख्या वढेको अस्पताल प्रशासनको भनाई छ । शल्यक्रिया र आँखा उपचारको लागि आउनेको संख्या वढेपछि व्यवस्थापनमा कठिनाई भईरहेको छ । बासको उचित व्यवस्थापन नहुँदा आँखा रोगी र उनका कुरुवाहरु अस्पताल परिसरकै खुल्ला स्थानमा बस्न बाध्य भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);