नेपालगञ्ज मेडिकल कलेजमा आन्दोलित कर्मचारीको माग पूरा गर्न नसक्ने अडान | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

नेपालगञ्ज मेडिकल कलेजमा आन्दोलित कर्मचारीको माग पूरा गर्न नसक्ने अडान

नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले संस्थालाई थप आर्थिक भार पर्ने गरी आन्दोलनरत कर्मचारीका कुनै पनि माग पूरा गर्न नसकिने बताएका छन् ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीले १ कात्तिकदेखि तलब वृद्धिलगायतका विभिन्न सातबुँदे माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएपछि बिहीबार नेपालगञ्जमा कलेजले आयोजना गरेको पत्रकार सम्मेलनमा कनाेडियाले साे कुरा बताएका हुन् । ‘दुई वर्षदेखि संस्था घाटामा छ । २०७५ सालसम्म त हामीले कर्मचारीलाई बोनस पनि उपलब्ध गराएकै हौ । तर अहिले संस्थाको अवस्था सही छैन । संस्था ओरालो लागेको अवस्थामा थप आर्थिक व्ययभार पर्ने गरी अन्दोलनको कुनै पनि माग सम्बोधन गर्न सकिँदैन,’ उनले भने ।

कनाेडियाले कलेज सञ्चालनका क्रममा विद्यार्थी संख्या कटौती हुनु, कोभिड-१९ को कारण एक शैक्षिक वर्ष ०७७-७८ मा विद्यार्थी भर्ना नहुनु र अस्पतालमा पनि विरामीको संख्या घट्नु प्रमुख कारणले ०७६ सालदेखि संस्था निरन्तर घाटामा रहेकाले कर्मचारीको सेवासुविधा बढाउन नसकिएको स्पष्ट पारे । ‘सन् २०२० मा विद्यार्थी भर्ना भएनन् । सन् २०२१ को तीन महिनाअघि मात्र इन्ट्रान्स भएको छ । अहिलेसम्म एकजना पनि विद्यार्थी भर्ना हुन आएका छैनन् । सायद छठपछि विद्यार्थी भर्ना भएमा केही सहज हुन्छ कि भन्ने अपेक्षा गरेका छौं,’ उनले भने ।

२०५३ सालमा स्थापना भएको मेडिकल कलेजले सन २००७ देखि २०१४ सम्म एक सय ५० विद्यार्थी सिटमा विद्यार्थी रहेकोमा २०१५ देखि सिट क्रमश: घट्दै गएपछि कलेजको आम्दानी पनि घट्दो अवस्थामा रहेको कलेज प्रशासनले दाबी गरेको छ । 

नेपालगञ्ज मेडिकल कलेजमा हाल एक हजार चार सय ५० श्रेणीविहीन कर्मचारीदेखि प्राध्यापकसम्म कार्यरत रहेको कलेजका वित्तीय प्रमुख तथा वार्ता समितिका संयोजक श्यामकुमार शर्माले जानकारी दिए । ‘कलेजले अन्दोलनरत कर्मचारीले भनेको जस्तो तलब तथा अन्य सुविधा वृद्धि नगरेको होइन । तर, अहिले भने अवस्था फरक छ । ऋण लिएर तलब सुविधा वृद्धि गर्न कसरी सम्भवव हुन्छ,’ उनले भने।

उनले कलेजले आफ्नो आर्थिक अवस्थामा क्रमशः सुधार आउन सुरु भएपछि कर्मचारीले राखेका मागका विषयमा सम्बोधन गर्न तत्पर रहेको बताउँदै अस्पताल जस्तो संवेदनशील संस्थामा अन्दोलन र तालाबन्दीले स्वास्थ्य सेवा प्रवाह गर्न कठिन भएकाले तालाबन्दी खोल्न अन्दोलनमा रहेका कर्मचारीलाई आह्वानसमेत गरे ।

अस्पतालका सहनिर्देशकसमेत रहेका डा.नितेशकुमार कनोडियाले अस्पतालले दिने सेवासुविधा अन्य अस्पतालको भन्दा अत्यन्त न्यून भएको कारणले पनि अस्पतालमा सेवा लिन आउनेहको संख्या पनि घट्दो अवस्थामा रहेकाले अस्पतालको आम्दानी घट्दो छ । दुई ठाउँमा अस्पताल सञ्चालन गर्दा आवश्यक औजार, जनशक्ति दोहोरो राख्न बाध्य हुनु अर्कोतिर आम्दानीको स्रोत घट्नुले पनि असहज भएको बताए ।

नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीलाई कलेज प्रशासनले प्रत्येक दुई-दुई महिनाको तलब होल्ड गरेर तलब दिइरहेको छ । अन्दोलनमा रहेका कर्मचारीहरू नियमित तलब दिनुपर्ने, पाँच वर्षदेखि निरन्तर रहँदै आएको तलब स्केलमा बढ्दो महँगीअनुसारको समायोजन गर्नुपर्नेलगायतका सातबुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);