९ फागुन, काठमाडौं । सोमालीयाको राजधानी मोगादिशुमा कार बम विष्फोट हुँदा ३४ जनाको मृत्यु भएको छ ।
मोगादिशको दक्षिणी क्षेत्रस्थित व्यस्त बजारमा भएको बिष्फोटमा परी अन्य ५० जना भन्दा बढी घाइते भएका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन यद्यपी अल शबाब समुहले बिष्फोट गराएको आंशका गरिएको छ ।
बिद्रोही समूह अल शबाबका नयाँ कमाण्डरले केही दिन अघि मात्रै जिम्मेवारी सम्हाल्दै सरकार समर्थकलाई लक्षित गरी हमला गर्ने चेतावनी दिएका थिए ।
राष्ट्रपति मोहम्मदले आक्रमणकारीका बारेमा सूचना दिनेलाई एक लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् ।