एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाइएका व्यक्ति पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाइएका व्यक्ति पक्राउ 

काठमाडौं । अदालतले एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाईएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ का ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन् ।

उच्च अदालत पाटनले उनलाई बैकिङ कसुर मुद्दामा यहि ४ वैशाखमा एक करोड रूपैयाँ जरिवाना र एक महिनाको कैद सजाय गरेको थियो । उक्त फैसलापछि फरार रहेका चौलागाईंलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले भिमसेनगोलाबाट पक्राउ गरेको हो । पक्राउ परेका चौलागाईलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);