संविधानको चाहनाअनुसार गठबन्धनको सरकार आवश्यक : रामचन्द्र पौडेल | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

संविधानको चाहनाअनुसार गठबन्धनको सरकार आवश्यक : रामचन्द्र पौडेल

चितवन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधानको चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार आवश्यक परेको बताएका छन् । चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘‘संविधानकै चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार आवश्यक परेको छ ।’ तत्कालीन प्रधानमन्त्री केपी ओलीको सर्वसत्तावाद र तानाशाहीविरुद्ध लड्न सबैभन्दा पहिलो आफूले गठबन्धनको निर्माणको प्रस्ताव गरेको भन्दै उनले शेरबहादुर देउवासँग मिल्न गएको  आरोपको पनि खण्डन गरे ।

‘शेरबहादुर देउवासँग मिल्न गएको होइन । मैले नै गठबन्धनको लागि आह्वान गरेको हो । ओली सर्वसत्तावाद तर्फ उन्मुख हुँदै थिए । देशमा तानाशाही लाद्न खोज्दै थिए । राजनितिक स्थिरतालाइ खल्बलाउन ओली निमित्त नायक बनेर आए । नेपाली कांग्रेसको प्रतिद्वन्द्वी एमालेसँग हो । प्रचन्ड होइन । त्यसकारण प्रचन्डसँग सहकार्य गर्नु आवश्यकता हो । मिलेर यो देशको अस्थिरता को अन्त्य गर्नुछ । ओलीविरुद्धमा गठबन्धन गर्नुपरेको छ,’ उनले भने ।  सत्तारुढ गठबन्धन संसदीय निर्वाचनसम्म रहने भन्दै उनले कांग्रेसलाई २३ सिटबाट ९३ सिटमा पु¥याउन गठबन्धन भएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);