धुर्मुस–सुन्तलीले निर्माण गरिरहेको बस्तीमा आर्थिक संकट | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

काठमाडौँ, ४ मंसिर। चुनावी सरगर्मी बढ्दै जाँदा धुर्मुस–सुन्तली फाउन्डेसनले रौतहटको सन्तपुरमा निर्माण गरिरहेको एकीकृत बस्ती भने आर्थिक संकटमा परेको छ।

रौतहटको चन्द्रपुर–८, सन्तपुरका ४८ विपन्न दलित परिवारका लागि एकीकृत नमुना बस्ती बनाइरहेको धुर्मुस–सुन्तली फाउन्डेसन, दाताहरुको ध्यान चुनावमा केन्द्रित हुँदा आर्थिक संकटमा परेको हो ।

आर्थिक संकटबीच फाउन्डेसनले ४८ वटा घरसहित एउटा सामुदायिक भवन, एउटा भ्यु टावर, एउटा मन्दिर, सार्वजनिक धारा र शौचालयलगायतका भौतिक संरचना निर्माणलाई तीव्रता दिइरहेको छ ।

नमुना बस्ती निर्माण सम्पन्न गर्न ६ करोड रुपैयाँ लागत अनुमान गरिए पनि फाउन्डेसनले हालसम्म २ करोड रुपैयाँमात्र जुटेको जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);