महोत्तरीमा चुनावी प्रचारमा प्रयोग गरिएको जीपका चालक मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, ४ मंसिर । चुनावी प्रचारमा रहेको एक भारतीय नम्बर प्लेटको जीपका चालक बिहान मृत अवस्थामा फेला परेका छन् ।

महोत्तरीको ३ ९ख० प्रदेशसभाका स्वतन्त्र उम्मेदवार मोहम्मद मुजिवुल राईनको चुनावी प्रचारमा भारतबाट भाडामा ल्याइएको बीआर ३० पी १४९० नम्बरको बोलेरो जीपका चालक मृत भेटिएका हुन् ।

भारतको सितामढी जिल्ला पुपरी थाना निवासी अन्दाजी ४० वर्षीय चालक परशुराम सोमबार जलेश्वर नगरपालिका-९ स्थित प्रकौली चौकमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जीपको ढोका मुनी उनी मृत भेटिएको प्रहरी नायव उपरीक्षक बिष्णु पोखरेलले बताएका छन् ।

जीपका चालकको मृत्यु अत्यधिक मदिरा सेवनको कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);