चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

accident-f25

चितवन । चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकमा बुधबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक चितवनको रत्ननगर नगरपालिका–२ का ४५ बर्षीय निरंजन श्रेष्ठ र पछाडी सवार उनकी ४० बर्षीया श्रीमती निनतारा श्रेष्ठ रहेका छन् । 

वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको श्रेष्ठ दम्पति सवार बागमति प्रदेश ०३–००२प १८९५ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ५ बजे ठक्कर दिएको थियो । 

गम्भीर घाइते भएका दम्पतीको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।बस चालकलाई ईलाका प्रहरी कार्यालय टाँडी चितवनले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);