अहिले हामी अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका छौं : केपी ओली | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

अहिले हामी अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका छौं : केपी ओली

पोखरा । एमाले अध्यक्ष केपी ओलीले संविधासभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रालाई पूर्ण रूपमा स्वीकारेको बताएका छन् । पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संविधानसभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रता मात्र होइन, मानव अधिकारलाई पनि व्यवस्थित गरेको बताए । 

‘प्रेस स्वतन्त्रता होइन, अहिले सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका छौँ,’ उनले भने, ‘पीत पत्रकारिता अहिलेको आवश्यकता होइन ।’ 

अधिकारसँगै आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिएका ओलीले देशलाई अगाडि बढाउन, न्याय र सत्यका लागि प्रेस प्रतिबद्ध रहनुपर्ने बताए । 

Leave a Reply

ताजा समाचार