पछिल्लो ६ महिनामा लागुऔषधसहित २२ सय ४६ जना पक्राउ, ६३ जना विदेशी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०८०, बिहीबार

पछिल्लो ६ महिनामा लागुऔषधसहित २२ सय ४६ जना पक्राउ, ६३ जना विदेशी

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएयताको ६ महिनामा प्रहरीले अवैध लागुऔषधसहित २ हजार २४६ जनालाई पक्राउ गरेको छ । २०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरु पक्राउ परेको गृह मन्त्रालयले जनाएको छ । 

गृहका अनुसार पक्राउ पर्नेमा २ हजार १८३ जना नेपाली, ५८ जना भारतीय र ५ जना अन्य देशका नागरिक रहेका छन् । पक्राउ पर्नेहरुबाट ठूलो मात्रामा गाँजा, चरेस, अफिम, कोकिन लगायतका लागुऔषध बरामद गरिएको गृहले जनाएको छ । 

Leave a Reply