पाैडी खेल्ने क्रममा बेपत्ता तामाङको शव १० दिनपछि फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाैडी खेल्ने क्रममा बेपत्ता तामाङको शव १० दिनपछि फेला

उदयपुर । उदयपुरको कटारी नगरपालिका-४ कटारी बजारका २७ वर्षीय रवीन तामाङको शव फेला परेको छ ।

सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तामाङको शव घटनास्थलबाट करिब १६ किलोमिटर तल कटारी नगरपालिका- १४ घुर्मी नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बवदप्रसाद गौतमले जानकारी दिए । 

गत १५ माघमा सिन्धुलीको फिक्कल गाउँपालिका-४ खार्साङस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा रवीन बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय कटारीकाे टोलीले खोजतलास गर्ने क्रममा आज उनकाे फेला पारेकाे हाे । शव कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाइएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);