विधान चुनावअघि उत्तर प्रदेश भाजपामा पहिरो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

विधान चुनावअघि उत्तर प्रदेश भाजपामा पहिरो

लखनौ । एक महिनापछि हुन लागेको विधानसभाको निर्वाचनअघि भारतीय जनता पार्टी (भाजपा)लाई उत्तर प्रदेशमा धक्का लागेको छ । आउँदो फेब्रुअरीमा उत्तर प्रदेशमा विधानसभाको निर्वाचन हुँदै छ । तर, चुनाव आउनु एक महिनाअघि भाजपाका १५ विधायकले पार्टी त्याग गरेका छन् । 

जसमा मौजदा उत्तर प्रदेश सरकारका वरिष्ठ मन्त्रीसमेत छन् । योगी आदित्यनाथ सरकारमा वरिष्ठ मन्त्री रहेका स्वार्मीप्रसाद मौर्य र दारासिंह चौहान छन् । यस्तै भाजपा परित्याग गर्नेहरूमा भगवती सागर, रोशन लाल वर्मा, विनय शाक्य, अवतार सिंह भाडाना, बृजेश प्रजापति, मुकेश वर्मा, राकेश राठौर, जय चौबे, माधुरी वर्मा, आरके शर्मा, बाला अवस्थी र धर्म सिंह सैनी छन् । 

विधानसभाको ४०३ का सिटका लागि उत्तर प्रदेशमा १० फेब्रुअरी १० देखि ७ मार्चसम्म सात चरणमा निर्वाचन हुँदै छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);