यातायातको सुविधाले व्यावसायिक सुन्तला खेतीमा किसानकाे आकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यातायातको सुविधाले व्यावसायिक सुन्तला खेतीमा किसानकाे आकर्षण

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका- ४ र ६ निगालेका किसानहरू अहिले व्यावसायिक सुन्तालाखेती तर्फ आकर्षित भएका छन् । गाउँमै यातायातको सुविधा पुगेपछि सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि किसाकहरू सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।

पहिला बाजे पुर्खाहरूले खान, बाँड्न र सामान्य बेच्न लगाएको दुई चार झ्याङ सुन्तला अहिले जीविकोपार्जनमा परिणत भएको किसान जीवन राईले बताए । राईका अनुसार पुरानो बोटबाट आम्दानी लिँदै र अन्य बिरुवाहरू लगाउने क्रम बढ्दो छ ।

एकै परिवारले ५०० वटाभन्दा बढी सुन्तलाको बिरुवा लगाएर व्यवस्थित तरिकाले सुन्तला खेती गर्दै आएका छन् ।  परम्परागत रूपमा मकै कोदो लगाउँदै आएको खेतीयोग्य जमिनहरूमा अहिले सुन्तला लगाउन थालिएकाे किसानहरूले बताउँछन् । गाउँमा यातायातकाे सुविधा पुगेसँगै बजारमा एकै पटकमा धेरै सुन्ताला बजारसम्म पुर्‍याउन सकिने भएको हुँदा सुन्तला खेतीमा किसानकाे आकर्षण बढेकाे हाे । जसबाट उनीहरूले राम्रो आम्दानी पनि गरेका छन् ।

निगालेमा उत्पादित सुन्तला अहिले गाईघाटमा एक करोडभन्दा बढी भित्रिने अनुमान गरिएको सुन्तला किसान रामकुमार राईले बताए । उनका अनुसार एकै घरबाट वार्षिक पाँचदेखि ६ लाखसम्म सुन्तला बिक्री गर्दै आएका छन् । वर्षभरिको खेतीपातीले तीन महिना खान पुग्दैन तर एउटा सुन्तलाको झ्याङबाट १० हजारसम्म पैसा लिन सकिने किसान गणेश राईले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);