विजेता भलिबल टोलीकाे भव्य स्वागत | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

विजेता भलिबल टोलीकाे भव्य स्वागत

काठमाडौं । दाेस्राे पटक पनि एभीसी सेन्ट्रल जोन भलिबलको ऐतिहासिक सफलता हासिल गरेको नेपाली महिला भलिबल टोलीलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अन्तराष्ट्रिय विमानस्थलमा पुगेका छन् ।

ढाकाबाट भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल झरेको टोलीलाई स्वागत गर्न मन्त्री गहतराजसहि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्केकाे टोली पुगेको छ । नेपाली महिला भलिबल टोलीले यसअघि सन् २०१९ मा पनि सेन्ट्रल जोन भलिबलको उपाधि जितेको थियाे । 

विमानस्थलबाट खेलाडी तथा अफिसियललाई फूलमालाले सजिएको गाडीमा नगरपरिक्रमा गराउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषसरमा दिउँसो १ बजे भव्य स्वागत तथा सम्मान गरिएकाे छ । विमानस्थलमा पनि उनीहरूकाे स्वगतमा नेपाली परम्परागत, नेवारी बाजासहित भलिबल संघ पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा खेलकर्मीको बाक्लो उपस्थित थियाे ।  

विमानस्थलमा स्वागत गर्दै मन्त्री गहतराजले खेलाडीलाई बधाई दिँदै अर्काे प्रतियोगिताको लागि तयार भएर बस्न आग्रह गरे । बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएर दोस्रो पटक उपाधि भित्राएको हो । 

साविक विजेता नेपालले यसअघि बंगलादेशमै सम्पन्न  पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर पहिलो पटक  उपाधि हात पारेको थियो । हिजो (बुधबार) मात्रै मन्त्रीपरिषद्को बैठकले विजेता खेलाडीलाई पाँच, प्रशिक्षकलाई तीन र अफिसियललाई दुई लाख नगद दिने निर्णय गरेकाे थियाे । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);