मोरङको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मोरङको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ

मोरङ । मोरङको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा सोमबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिका-१६ हुलास चौकबाट इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका-४ का २२ वर्षीय सन्तोष भुजेललाई पक्राउ गरेको हो ।

भुजेल लुपिजेसिक ६ एम्पुल, डाइजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुलसहित पक्राउ परेका हुन् ।

त्यस्तै, सोमबार राती ६ बजे विराटनगर महानगरपालिका-१७ मटेरुवाचोकबाट धरान उपमहानगरपालिका-१४ का ३२ वर्षीय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाइजेपाम ११ एम्पुल र एभिल ११ एम्पुलसहित अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । 

त्यसैगरी, सोमबार साँझ ५ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सुन्दरहरैचा नगरपालिका-५ बलिया स्थितबाट मोटरसाइकलमा सवार रहेका केराबारी गाँउपालिका-६ का २१ वर्षीय सागर तामाङलाई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र एभिल ८ एम्पुलसहित प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।     

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);