इन्दुशंकर चिनी उद्योगको क्रसिंग तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

इन्दुशंकर चिनी उद्योगको क्रसिंग तयारी पूरा

सर्लाही । सर्लाहीको हरिवनस्थित देशकै ठूलो इन्दुशंकर चिनी उद्योगले यस सिजनको क्रसिंग तयारी पूरा गरेको छ । सोमबार डोगा पूजासँगै उद्योगले यस वर्षको क्रसिंग तयारी पूरा गरेको उद्योग प्रशासनले जनाएको हो । देशमै सबैभन्दा धेरै उखु उत्पादन हुने जिल्लाको पहिचान बनाएको सर्लाहीमा तीनवटा चिनी उद्योग सञ्चालनको तयारीमा छन् । इन्दुशंकर चिनी उद्योग हरिवनले पुस दोस्रो हप्ताबाट क्रसिंग गर्ने तयारी गरेको उद्योगका उखु प्रवन्धक योग नारायण रजकले जानकारी दिए । 

दैनिक ५० हजार क्वीन्टल उखु क्रसिंग क्षमताको यस उद्योगले चालू क्रसिगं सिजनमा ३० लाख क्वीन्टल उखु क्रसिंग गर्ने लक्ष्य लिएको उद्योगले जनाएको छ । उद्योग प्रशासनले एक कार्यक्रमकाबीच सोमबार डोगा पूजा सम्पन्न गरेको जनाएको छ । उक्त डोगा पुजामा जिल्लाका प्रतिनिधि उखु किसान, किसान नेता, विभिन्न संघ संस्थाका प्रतिनिधि र उद्योगका कर्मचारीहरुको उपस्थिति रहेका थियो । 

यस चिनी उद्योगले किसानलाई समयमै भुक्तानी गर्ने गरेको छ । भने, राज्यको तर्फबाट अनुदान रकम उपलब्ध गराउने कार्यमा समयमै सहजीकरण गर्ने गरेको अगुवा उखु किसानहरुको भनाइ छ । यस उद्योगले गत वर्षको क्रसिंग सिजनमा पनि २२ लाख १० हजार क्वीन्टल उखु क्रसिंग गरेको उद्योगका उखु प्रवन्धक रजकले जानकारी दिए । 

यसैबीच जिल्लामा रहेका तीन मध्य गोडैताको महालक्ष्मी चिनी उद्योग र अन्नपुर्ण चिनी उद्योगसमेत यस सिजन सञ्चालनको तयारीमा छन् । किसानको भुक्तानीमा ढिलाई गरेको महालक्ष्मीले नियमित क्रसिंग गरिरहेको छ । भने, किसानको भुक्तानी लामो समय नदिएको अन्नपुर्ण गत सिजन सञ्चालनमा आउन सकेको थिएन । उद्योगले उखुको भुक्तानी नदिएपछि पीडीत उखु किसानहरु संघीय राजधानी काठमाडौं पुगी आन्दोलनमा उत्रिएका थिए । 

अन्नपुर्ण चिनी उद्योगले नयाँ व्यवस्थापनसहित सञ्चालनको तयारी सुरु गरेको हो । किसानको भुक्तानी दिन भन्दै यस पहिलाका उद्योगी वीरेन्द्र कनौडियाले उद्योग नै बिक्री गरेका थिए । लगतै नयाँ उद्योगीहरुले सञ्चालन गर्न लागेका हुन् । यता महालक्ष्मी चिनी उद्योग गोडैता पनि सञ्चालनको तयारीमा छ । मर्मत लगाएतको काम सम्पन्न गरेर यस सिजन उखुको मूल्य निर्धारण लगतै उद्योग सञ्चालनको तयारी गरिएको दुवै उद्योग व्यवस्थापकहरुले जनाएका छन् । 

केही वर्ष पहिलासम्म जिल्लामा प्रत्येक वर्ष ८० लाख क्वीन्टलभन्दा धेरै उखु उत्पादन हुँदै आएकोमा पछिल्ला वर्षहरुमा उखु उत्पादन घट्दै गएको तथ्यांकले देखाएको छ । प्रत्येक वर्ष मूल्यमा हुने रस्साकस्सी र भुक्तानीमा उद्यागको मनोमानी तथा श्रमिकले रकम नपाउने समस्याले समेत उखु उत्पादन प्रत्येक वर्ष घट्दो क्रममा रहेको जानकारहरुको भनाइ छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्यांकले समेत उखु उत्पादनमा गिरावट आएको देखाएको केन्द्रको भनाइ छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);