नेप्से ६.१ प्रतिशतले बढेपछि सेयर कारोबार बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

नेप्से ६.१ प्रतिशतले बढेपछि सेयर कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ प्रतिशतले वृद्धि भएपछि मंगलबारका लागि सेयर कारोबार बन्द भएको छ । मंगलबार कारोबार सुरू भएको साढे २ घण्टामै सकारात्मक सर्किट लागेर बजार बन्द भएको हो । 

यसअघि १२ : ३८ बजेसम्ममा नेप्से सूचक ५ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । 

त्यसपछि खुलेको बजार पुनः लगातार बढेर ६ प्रतिशतले वृद्धि भएपछि मंगलबारको लागि कारोबार बन्द भएको छ । 

मंगलबार नेप्से १३७ अंकले बढेर २४१८ अंकमा पुगेको छ । यसदिन २२० कम्पनीका ४० लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८४ करोड बराबरको कारोबार भएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);