नेपाली कांग्रेसको बहुमत आउँछ : खाँण | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

नेपाली कांग्रेसको बहुमत आउँछ : खाँण

ललितपुर, २२ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दावी गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले बुधबार केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खाँणले सो दावी गरेका हुन् ।

“नेपाली कांग्रेसले प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ५४ सीटमा र प्रदेशसभाका ३ सय ३० मध्ये ३ सय १० सीटमा आफ्ना उम्मेदवार उठाएको छ” नेता खाणले भने, “यस मध्ये कम्तिमा ५५ प्रतिशत सीट मात्रै पनि सोझै हाम्रो बहुमत आउँछ ।”

बाम गठबन्धनको दुई तिहाइ हावादारी गफ
नेता खाँणले ६० प्रतिशत स्थानमा मात्र उम्मेदवार उठाएका नेकपा एमाले र ४० प्रतिशत मात्र उम्मेद्वार उठाएको माओवादीको दुई तिहाइ सीट जित्ने दावी हावादारी भएको पनि आरोप लगाए ।

उनले स्थानीय निर्वाचनको नतिजाले नै नेपालको बास्तविक जनमत प्रतिविम्बित गर्न नसक्ने उल्लेख गर्दै प्रतिप्रश्न गर्दै भने, “२०३६ सालको जनमत संग्रहमा पञ्चायतले २४ लाख र बहुदलले २०लाख मत पाएको थियो तर २०४६ सालमा आईपुग्दा जनमत बदलियो कि बदलिएन ?”

नेता खाणले अधिकतम् सीटमा उम्मेदवारी दिएकाले नेपाली कांग्रेसलाई समानुपातिक तर्फको सीट संख्याको लाभ हुने बताए । उनले भने,“हाम्रै मतको लाभ त हामीलाई हुन्छ नै त्यसबाहेक थ्रेस होल्ड नपुगेका पार्टीहरुमा परेको भोटको लाभ पनि नेपाली कांग्रेसले पाउँछ”। कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक नेता खाँणले निर्वाचनको परिणाम एमाले र माओवादीका लागि अप्रत्यासित हुन सक्ने बताए।

कांग्रेस नेता खाँणले नेपाली कांग्रेस यस अगाडिका निर्वाचन भन्दा एकताबद्ध भएर निर्वाचनमा होमिएकोले पनि कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने जिकीर गरे । यो निर्वाचनमा दुई तिहाई सीट जितेर देशमा अधिनायकवादी राज्यको सपना पालेका कतिपय नेताको जमानत जफत हुने उनले दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);