शशांकको चुनावी कार्यक्रममा विनोद चौधरीले भने, बहुमत कांग्रेसकै पक्षमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, २७ कार्तिक । प्रतिष्ठित उद्योगपति तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीले आशन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दावी गरेका छन्। देशको स्थिरता र समृद्धिका लागि स्थायी सरकार आवश्यक रहेको र त्यो कांग्रेसले मात्र ल्याउन सक्ने उनको दावी थियो।

‘मेरो इच्छा विकसित र स्वाभिमानी नेपाल हो, आर्थिक विकासका लागि स्थायी सरकार आवश्यक हुन्छ,’ कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको चुनावी प्रचारको उद्घाटन कार्यक्रममा चौधरीले भने ‘चुनावमा बहुमत ल्याउने भनेको १ सय ५४ चुनावी क्षेत्रमा लड्ने कांग्रेसले मात्र हो।’ चौधरी कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार हुन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);