सुन्दरहरैँचा र रतुमाईका मेयर कांग्रेस सचिवमै पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

सुन्दरहरैँचा र रतुमाईका मेयर कांग्रेस सचिवमै पराजित

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा भएको चुनावमा दुई मेयर पराजित भएका छन् । सचिव पदमा दुई मेयर पराजित भएका हुन् । सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र रतुवामाई नगरपालिकाका मेयर रविन राई पराजित भएका हुन् । 

सचिवमा संस्थापन समूहबाट उठेका सुन्दरहरैँचा नगरपालिकाका मेयर ढकालले एक हजार ८४ मत प्राप्त गरे भने संस्थापनइतर समूहबाट बागी उठेका  रतुवामाई नगरपालिकाका मेयर राईले ४५५ मत मात्र प्राप्त गरेका छन् । 

जिल्ला सचिवमा संस्थापनइतर समूहका मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।  घिमिरेले एक हजार २३५ मत प्राप्त गरे भने श्रेष्ठले एक हजार ५६९ मत प्राप्त गरे ।

जिल्ला उपसभापतिमा संस्थापनइतर पक्षबाट नागेश कोइराला र भक्तिनाथ माझी थारू निर्वाचित भए । कोइरालाले एक हजार ९४० मत पाएका थिए भने थारूले एक हजार ३४३ मत मात्र प्राप्त गरे । सहसचिवमा भुवनेश्वर मण्डल र सञ्जयकुमार मण्डल निर्वाचित भएका छन् ।

सभापतिका संस्थापन इतरका डिकबहादुर लिम्बूले सभापतिमा जितेका छन् । सभापतिमा संस्थापन पक्षका दिलीप गच्छदारलाई हराउँदै लिम्बू विजयी  बनेका थिए ।

 गत १२ मंसिरमा  भएको चुनावमा उठेको लिम्बू ,गच्छदार र यदु बिष्टले ५१ प्रतिशत मत नल्याएपछि १४ गते पुनः चुनाव भएको थियो । अन्य पदाधिकारी तथा सदस्यहरूको भने १२ गते आइतवार चुनाव भएको थियो । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);