कांग्रेस अधिवेशन : सल्यानमा दुई सुरेश प्रदेश सभापतिमा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

कांग्रेस अधिवेशन : सल्यानमा दुई सुरेश प्रदेश सभापतिमा निर्वाचित

दाङ । नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सल्यानमा दुई प्रदेश निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार भएको निर्वाचनबाट दुबै क्षेत्रमा नयाँ नेतृत्व आएको हो । निर्वाचन प्रदेश सभा (क)को लागि वागचौरको थारमारेमा र प्रदेश सभा (ख)को लागि छत्रेश्वरीको भोटेचौरमा निर्वाचन सम्पन्न भएको हो । दुवै ठाउँको निर्वाचनमा जिल्ला सभापतिका उम्मेदवार धुर्वराज पुरीको प्यानल विजयी भएको छ । ‘क’मा सुरेश चन्द र ‘ख’मा सुरेश अधिकारी सभापतिमा निर्वाचित भएका छन् । 

‘क’मा गोरख बहादुर खत्री ११ मतको अन्तरले सुरेश चन्दसँग पराजित भएका छन् । चन्दले ३१४ मत प्राप्त गरे भने खत्रीले ३०३ मत प्राप्त गरे । उपसभापतिमा यज्ञबहादुर खड्काले ३१७, जीवराज बोहराले २९० मत प्राप्त गरी विजयी भए । उपसभापतिमा पराजित मानबहादुर वलीले २८५, भुपाल साहुले २४९ मत प्राप्त गरे । 

सचिवमा प्रेमनारायण विकले ३२१, चमन बुढाथोकीले ३२५ प्राप्त गरी विजयी भए ।  सचिवमा पराजित धनेश बुढाथोकीले २३३, रुपलाल भण्डारीले २४८ मत प्राप्त गरे । सहसचिवमा लोकबहादुर शाहीले २८५, तेज बहादुर रावतले २७६ मत प्राप्त गरी विजयी भए । पराजित लालबहादुर बस्नेतले २४९, घनराज केसीले २७६ मत प्राप्त गरे

प्रदेश सभा (ख) मा सुरेश अधिकारीको प्यानल नै विजयी भएको छ । विरबहादुर सेजवाल ४२ मतको अन्तरले अधिकारीसँग पराजित भए । विजेता अधिकारी शारदा नगरपालिकाका नगर प्रमुख समेत हुन् । अधिकारीले ३१२ मत प्राप्त गरे भने सेजवालले २७० मत प्राप्त गरे ।

उपसभापति गिरिराज ओली ३१५, ऋषिराम खत्री २६९ मतसहित विजय भए । सचिवमा अनिल सिह २८१, श्याम कृष्ण महातरा २९५ मत र सहसचिव प्रीयबत्र श्रेष्ठ ३०१, होमसिङ बोहरा २९८ मत प्राप्त गरी विजयी भए ।

पराजितहरुमा उपसभापतिमा पेशल सिङ डाँगी २१४, पूर्ण बहादुर भण्डारीले २४७ मत प्राप्त गरे । सचिवमा शोभाकर राणा २४८, मेघराज भण्डारी २६२ मतसहित पराजित भए । सहसचिवमा ढाक बहादुर चन्द २४० र रोहित देवकोटाले २३१ मत प्राप्त गरेर पराजित भए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);