मन्त्री श्रेष्ठको दाबी :भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मन्त्री श्रेष्ठको दाबी :भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्छ

सिन्धुपाल्चाेक । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री सशी श्रेष्ठले भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको बताएकी छन् ।

अघिल्लाे सरकारले भूमिहीनका लागि थुप्रै काम गरेकाे दाबी गरेपनि यथार्थमा त्यसाे नरहेकाे माओवादी केन्द्र भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनमा मन्त्री श्रेष्ठले बताइन् । 

भूमिहीनको समस्या समाधानमा  प्रचार अनुसारको १० प्रतिशत काम पनि ओली नेतृत्वको सरकारले गर्न नसकेको उनकाे जिकिर छ ।

माओवादी केन्द्र भाेटेकाेसी गाउँपालिका सम्मेलनले लाक्पा शेर्पाकाे अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);