ट्रम्पले गरे हस्ताक्षर, अब अमेरिका एक्लै हिड्ने संकेत | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

ट्रम्पले गरे हस्ताक्षर, अब अमेरिका एक्लै हिड्ने संकेत

काठमाडौं,११ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई ट्रान्स प्यासिफिक पार्टनरसिप (टिपिपी) सम्झौताबाट बाहिर निस्कने सम्बन्धी कार्यकारी निर्देशन पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

ट्रम्पले गरे हस्ताक्षर

काठमाडौं, ११ माघ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई ट्रान्स प्यासिफिक पार्टनरसिप (टिपिपी) सम्झौताबाट बाहिर निस्कने सम्बन्धी कार्यकारी निर्देशन पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

चुनावी अभियानको बेला नै ट्रम्पले टिपिपीलाई निस्क्रिय पार्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

टिपिपी व्यापार सम्झौतालाई पूर्व राष्ट्रपति बाराक ओबामाको एसिया सम्बन्धको प्रमुख आधार मानिएको थियो । तर ट्रम्पले कार्यभार सम्हाले लगतै टिपिपीलाई निस्क्रिय पार्ने सम्बन्धी निर्देशन पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

टिपिपीमा १२ देश सहभागी थिए । जापान, मलेसिया, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा तथा मेक्सिकोसहितका देशसँग आर्थिक सहकार्य बढाउने उद्देश्यले ओबामाले टिपिपी सम्झौता गर्नुभएको थियो ।

यसमा सबै काममा श्रमिकको हित, वातावरणीय संरक्षण, प्रतिलिपि अधिकार, पेटेन्टसहितका अरु कानुनी कुराको रक्षा गर्ने उल्लेख थियो । तर ट्रम्पले भने टिपिपीले गर्दा अमेरिकामा भविष्यमा गम्भीर अप्ठ्यारो पर्ने बताउनुभएको थियो ।

टिपिपीलाई निस्क्रिय पार्ने सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेसँगै राष्ट्रपति ट्रम्पले अमेरिकी कामदारको रक्षाका लागि आफुले महत्वपुर्ण कार्य गरेको उल्लेख गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);