एमाले महाधिवेशन : तनहुँका १५ हजार चितवन झर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमाले महाधिवेशन : तनहुँका १५ हजार चितवन झर्दै

तनहुँ । नेकपा एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनको नारायणी किनारमा सुरू हुँदैछ ।

आइतबारसम्म चल्ने महाधिवेशनको पहिलाे दिन शुक्रबार उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता चितवन उर्ताने एमालेको दाबी छ । 

उद्घाटन सत्रमा तनहुँबाट १५ हजार कार्यकर्ता चितवन जाने भएका छन् । जिल्लाका गाउँगाउँबाट १५ हजार कार्यकर्ता चितवन लैजाने तयारी रहेको नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले बताए । ‘सबै पालिकाका वडा वडाबाट  कार्यकर्ता महाधिवेशनमा जाने गरी व्यवस्थापन गर्दैछौँ ।

चितवनसँगै जोडिएको देवघाट गाउँपालिकाबाट धेरै जानेछन्’, उनले भने, ‘नजिकै भएकाले ऋषिङ गाउँपालिकाबाट पनि राम्रै उपस्थिति हुनेछ।’ पार्टीको पहिचान झल्काउँदै तनहुँका एमालेजन चितवन महाधिवेशनमा जाने उनकाे दाबी छ ।  

महाधिवेशनमा तनहुँका १८ जना नेता प्रतिनिधिका रुपमा सहभागि हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);