बाह्रबिसेमा एम्बुलेन्स दुर्घटना, एकको मृत्यु, २ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नुवाकोट, २१ कार्तिक । तादी गाउँपालिका ४ सुन्दरादेवीको बाह्रबिसेमा गएराति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका सन्दीप भारतीको मृत्यु भएको छ। समुन्द्रटारबाट काठमाडौंतर्फ जान लागेको कान्तिपुर डेन्टल जनरल हस्पिटल, नयाँबजार, काठमाडौंबाट सञ्चालनमा रहेको बा १६ च ८९७ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा २४ वर्षीय भारतीको घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ।

गएराति एम्बुलेन्स दुर्घटना भएर सडकबाट करिब ५० मिटर तल पुगेको जिप्रका नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए। एम्बुलेन्स दुर्घटनालगत्तै उद्धारका लागि स्थानीयवासी र प्रहरी घटनास्थलमा पुगे पनि एम्बुलेन्सका अन्य व्यक्ति सम्पर्कविहीन भएका छन्।

एम्बुलेन्समा समुन्द्रटारबाट तीनजना चढेर काठमाडौं जान लागेको भए पनि दुर्घटनापछि बाँकी दुईजना सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।एम्बुलेन्सका चालक को थिए भन्नेसमेत खुल्न बाँकी छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);