धनुषा, २ असार । धनुषाको मिथिला नगरपालिकास्थित बसही पुलमा एम्बुलेन्स दुर्घटना भएको छ । ज १ च १२०५ को एम्बुलेन्स दुर्घटना हुँदा चालक सन्तोषकुमार रायको दुर्घटनास्थलमै मृत्यु भएको छ । विरामीविनाको एम्बुलेन्स सन्तुलन बिग्रेर पुलमा ठोक्किइ दुर्घटना भएको प्रहरीको भनाइ ।




