जिप दुर्घटनामा परि ६ घाइते, एकको अवस्था गम्बिर | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८०, बुधवार

दार्चुला, २१ कार्तिक। दार्चुलामा मंगलबार बिहान जिप दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् ।

दार्चुलास्थित मालीकार्जुन गाउँपालिकाको शंकरपुरबाट महेन्द्रनगरका लागि छुटेको से १ ज २९६ नम्बरको जिप शैल्यसिखर नगरपालिका वडानम्बर ६ ग्वानिमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

ग्वानि बजार नजिकै जिपको ब्रेक फेल भई अनियन्त्रित हुदाँ सडक छेउको नालीमा पल्टिएको थियो । १२ जना सवार जीप पल्टिदाँ ६ जना घाइते भएका हुन्।घाइतेहरु सबैलाई अस्पताल लगिएको र घाइतेमध्ये मालीकार्जुन ८ का पुस्पा धामी खत्रीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र पुरै विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।