नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट जोगियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, २१ कार्तिक । भैैरहवास्थित गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलायन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । सोमवार दिउँसो अवतरण गर्ने क्रममा पछिल्लो टायर पन्चर भएपछि विमान दुर्घटनामा परेपनि कुनै मानवीय क्षति भने भएन।

एयरलायन्सको ९ एकेएस विमानमा दुई जना चालक मात्रै रहेको बताएको छ। टायर पन्चर भएपनि जहाज रनवेभन्दा बाहिर नपुगेको विमानस्थलले जनाएको छ । ‘थोरै रनवे छाडेको छ, अरु कुनै ठूलो क्षति भएको छैन’ विमानस्थलका सिसेल चित्रकारले भने।

दुर्घटना भएको विमान नहटाउन्जेल विमानस्थल बन्द गरिएको छ । अहिले नै टायर लगेर मर्मत पछि काठमाडौ ल्याउने वायुसेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए। भैरहवा विमानस्थलमा यसअघि यति एयरलाइन्सको विमान टायर नखुलेका कारण दुर्घटनामा परेको थियो। बिमानस्थल अवरुद्ध भएपछि उडान भर्ने तयारीमा रहेका यात्रुहरु बिमानस्थलमै रोकिएका छन्। भैरहवाबाट दैनिक ६ दखि ११ वटासम्म उडान हुने गरेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);