राष्ट्रपति कार्यालयभित्र समेत डनको प्रभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, २१ कार्तिक । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई एकहप्ते अल्टिमेटम दिएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा सोमबार पत्रकार सम्मेलन गर्दै केसीले राष्ट्रपतिलाई एक हप्ताको समयसीमा दिएका हुन्।

गत ६ कात्तिकमा मन्त्रिपरिषद्ले ल्याएको चिकित्सा शिक्षा अध्यादेश १५ दिनसम्म प्रमाणीकरण नगरी रोकेको आरोप लगाउँदै उनले तत्काल प्रमाणीकरण नगरे राष्ट्रपतिले समेत ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए। ‘राष्ट्रपतिजस्तो व्यक्ति जनताको हितमा लाग्न छाडेर माफियाको जालमा पस्नु गलत हो,’ डा. केसीले भने, ‘म अनशनमा बस्दा बडो चासो र चिन्ता व्यक्त गर्ने राष्ट्रपति अहिले अध्यादेश रोक्न किन लाग्नुभयो, मलाई आश्चर्य लागेको छ ।’

सडकबाट राष्ट्रपतिले जवाफ दिनुपर्छ
डा. केसीले माफियाका डनले राष्ट्रपति कार्यालयभित्र समेत प्रभावमा पार्न पुगेको आरोप लगाए। ‘राष्ट्रपतिले तत्काल अध्यादेश प्रमाणीकरण नगरे सडकमा आएर जवाफ दिने दिन आउने केसीले बताए। अबको अनशनमा राष्ट्रपतिको राजीनामा माग्ने हो भन्ने पत्रकारको प्रश्नमा केसीले भने, ‘राष्ट्रपतिको राजीनामा माग्ने-नमाग्ने भन्दा पनि किन प्रमाणीकरण नगरेको रु यसको आशंका छ।

खाली भवनलाई सिट दिन निर्देशन
शिक्षा मन्त्रालयले विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजलाई एमबिबिएस अध्ययनका लागि सिट उपलब्ध गराउन निर्देशन दिएको छ। – आजको नयाँ पत्रिकाबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);