सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनाउने सत्तारुढ गठबन्धनको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनाउने सत्तारुढ गठबन्धनको तयारी

काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्नका लागि सत्तारुढ गठबन्धनका दलहरुले समन्वय समिति बनाउने तयारी गरेका छन् । सरकार सञ्चालनका लागि गठबन्धनका शीर्ष नेताहरुको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी गरेका दलहरुले राजनीतिक संयन्त्रको बिरोध भएपछि सरकार सञ्चालनका लागि समन्वय समिति बनाउन लागेको एक नेताले जानाकारी दिए ।

सरकार सञ्चालन सम्बन्धी कार्यविधि बनाई सकेका गठबन्धनको शिर्ष नेताहरुले आज समन्वय समिती बनाउने बारेमा छलफल गर्ने उनले बताए । सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको सहभागिता रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);